टर्कीको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको ज्यान गयो

 कात्तिक २८, २०७९ सोमबार ९:२६:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टर्कीको एउटा व्यस्त सहरमा विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।

इस्तानबुल सहरको व्यस्त सडकमा भएको विस्फोटमा परेर ८० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । टाक्सिम क्षेत्रको इस्टिकलाल एभेन्युमा विस्फोट हुँदा मानिसहरुको भागदौड मच्चिएको थियो ।

सरकारी समाचार निकाय एनादोलुले विस्फोटको कारण थाहा हुन नसकेको जनाएको छ । इस्तानबुल सहरको सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको छ । छानबिन टोलीमा पाँच जना सरकारी वकिल नियुक्त गरिएको कार्यालयका सञ्चार निर्देशकले जानकारी दिका बीबीसीले जनाएको छ ।

इस्तानबुल क्रिमिनल कोर्ट अफ पिसले विस्फोटसँग सम्बन्धित सबै श्रव्यदृश्य सामग्रीको प्रसारणमा प्रतिबन्ध लगाएको छ । ती सामग्री मिडियादेखि सामाजिक सञ्जालबाट समेत हटाउन निर्देशन दिएको छ । लस्करै पसल र रेस्टुरेन्टहरु रहेको इस्टिलाल एभेन्यु पर्यटकलगायत स्थानीय माझ लोकप्रिय रहेको छ। 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया