बाइडेन–सीबीच ३ घण्टा लामाे शिखर वार्ता सम्पन्न, द्वन्द्व टार्ने प्रतिबद्धता

 कात्तिक २८, २०७९ सोमबार २०:२३:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिबद्धतासहित सम्पन्न भएको छ ।

ताइवान र अन्य विषयमा महिनौँदेखि जारी तनावपछि जी–२० शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतिक्षा गरिएको बैठक सुरु गर्नुअघि बाइडेन र सीले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाउनुभएको थियो । 

बेइजिङ र वाबिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताउनुभएको छ । 

पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएपछि भएको अमेरिकी राष्ट्रपतिसँगको पहिलो प्रत्यक्ष भेटमा बाइडेनलाई विश्व ‘दोबाटोमा आइपुगेको’ बताउनुभएको छ ।

‘चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ’, चिनियाँ राष्ट्रपति सीले बताउनुभयो । 

उत्साहजनक सार्वजनिक भनाइहरूको बाबजुद दुवै देश एक–अर्काप्रति बढ्दो शङ्का गरिरहेका छन्, संयुक्त राज्य अमेरिकालाई चीनले ताइवान कब्जा गर्ने समयसीमा बढाएको भन्ने डर छ । 

अमेरिकी अधिकारीहरूले बैठकअघि बाइडेनले चीनसँगको सम्बन्धमा 'गार्डरेल' स्थापना गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रलाई द्वन्द्वमा धकेल्न सक्ने 'रेड लाइन' बाट कसरी बच्न सकिन्छ भन्नेबारे आँकलन गर्ने आशा व्यक्त गरेका थिए ।

सबैभन्दा संवेदनशील विषय ताइवान हो जुन चीनको तर स्वशासित क्षेत्र हो ।

संयुक्त राज्य अमेरिकाले ताइवानलाई समर्थन बढाइरहेको छ भने चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिने धम्की दिइरहेको छ । गएकाे अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण गरेपछि चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो ।

सीसँगको वार्ताको पूर्वसन्ध्यामा बाइडेनले कम्बोडियामा दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गर्नुभएको थियो । 

प्योङयाङले आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेपछि बाइडेनले चीनलाई सहयोगी उत्तर कोरियामाथि लगाम लगाउन दबाब दिने अपेक्षा गरिएको छ ।

प्रत्यक्ष पहिलो भेटघाट

कोभिड–१९ महामारी सुरु भएयता सीको यो दोस्रो विदेश भ्रमण हो । भ्रमणमा उहाँले विश्वका केही प्रमुख नेतासँग भेटघाट गर्नुहुनेछ । 

प्रधानमन्त्री एन्थोनी अल्बानीसले नेता सीसँग पहिलो पटक औपचारिक भेटवार्ता गर्ने घोषणा गर्नुभएको छ । यो सन् २०१७ पछि अस्ट्रेलियाका उच्च पदस्थ अधिकारी र चिनियाँ राष्ट्रपतिबीच हुन लागेको पहिलो भेट हो । 

सीले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गर्नुभएको थियो । त्यति बेला ट्रम्प र बाइडेन दुवैले चीनलाई एक प्रमुख अन्तर्राष्ट्रिय चासोको रूपमा पहिचान गरेका थिए र विश्व मञ्चमा अमेरिकी प्रभुत्वका लागि एकमात्र सम्भावित चुनौतीको रूपमा चिनाएका थिए । 

राष्ट्रपतिका रूपमा सी र बाइडेनबीच पहिलो पटक भेट भएको भए पनि यो जोडीको असामान्यरूपमा लामो इतिहास छ । 

बाइडेनका अनुसार उहाँले उपराष्ट्रपतिका रूपमा सन् २०११ मा चीनको नेतृत्वको पर्खाइमा रहेका नेता सीसँग व्यक्तिगतरूपमा ६७ घण्टा बिताउनुभएकाे थियाे । जसमा सन् २०१७ मा बाराक ओबामाको प्रशासनको अन्तिम दिनमा भएको बैठकलाई अझ राम्ररी बुझ्ने उद्देश्यले चीन भ्रमण पनि समावेश छ ।

ह्वाइट हाउसमा प्रवेश गरेयता बाइडेनले सीसँग लगभग पाँच पटक कुराकानी गरिसक्नुभएकाे छ तर सोमवार उहाँसँग प्रत्यक्ष भेटवार्ता भएकाे हो ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया