अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको ज्यान गयो, दुई जना घाइते

 कात्तिक २९, २०७९ मंगलबार ८:३६:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो ।

ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ । गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया