चुनावकाे कारण जिल्ला प्रशासन कार्यालय रसुवाबाट राहदानी वितरण स्थगित

 कात्तिक २९, २०७९ मंगलबार १०:२५:१५ | रासस
unn.prixa.net

रसुवा – कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले राहदानी वितरण कार्य मङ्गलवारदेखि स्थगन गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण राहदानी वितरण लगायत चुनाव सम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ ।

प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा मङ्गलवार देखी मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ । 

 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया