विश्वको जनसङ्ख्या ८ अर्ब पुग्यो

 कात्तिक २९, २०७९ मंगलबार १२:१०:१५ | एजेन्सी
unn.prixa.net

विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ । ११ वर्षमै विश्वको जनसङ्ख्या एक अर्ब थप भएको हो ।

२०औँ शताब्दीको मध्यपछि विश्वको जनसङ्ख्या तीव्र गतिमा बढेको थियो, तर अहिले वृद्धिदर सुस्त छ । संयुक्त राष्ट्र सङ्घको आकलनअनुसार विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्ष लाग्न सक्नेछ। सन् २०८० अघि जनसङ्ख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्र सङ्घले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरुको २७ सम्मेलन, कोप–२७ लाई सम्बोधन गर्ने क्रममा जलवायु सङ्कटबाट विश्वका ८ अर्ब मानिसलाई जोगाउनका लागि तत्काल काम गर्नु पर्ने बताउनु भएको थियो । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया