रुसी विदेशमन्त्रीले जी–२० सम्मेलन छोडेलगत्तै युक्रेनको राजधानी किएभमा आक्रमण

 कात्तिक ३०, २०७९ बुधबार ६:५६:१८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

इन्डोनेसियाको बालीमा चलिरहेको जी–२० सम्मेलनमा सहभागी विश्वका शीर्ष नेताहरूले युक्रेनमा रुसी आक्रमणबारे निन्दा गरिरहँदा मस्कोले किएभमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

युक्रेनको राजधानी किएभमा क्रुज क्षेप्यास्त्र प्रहार भएको अपुष्ट विवरण बीबीसीले उल्लेख गरेको छ । आक्रमणबाट किएभमा एक जनाको ज्यान गएको छ भने कम्तीमा दुईवटा आवासीय भवनमा क्षति पुगेको छ । रुसले युक्रेनका अरु केहि सहरमा समेत क्षेप्यास्त्र आक्रमण गरेको छ ।

जी–२० सम्मेलनमा भने धेरैजसो देशले युद्धलाई लिएर रुसको निन्दा गरेका छन् । सम्मेलनमा रुसको प्रतिनिधित्व गरेका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ बाली छाडेसँगै आक्रमण भएको खबरमा उल्लेख छ । सम्मेलनमा उहाँले पश्चिमा देशहरूले ‘राजनीतिकरण’ को प्रयास गरेको टिप्पणी गर्नुभएको छ ।

युक्रेन युद्धमा भएको क्षतिको खर्च रुसले तिर्नुपर्ने अन्तर्राष्ट्रिय आह्वानलाई मस्कोले अस्वीकार गरेको छ । हिजोदेखि सुरु भएको सम्मेलन आज सकिँदैछ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया