‘बुहारीलाई शिक्षा’ कार्यक्रम ल्याउँदै केपिलासगढी गाउँपालिका

 कात्तिक ३०, २०७९ बुधबार १२:५:१३ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार पढ्न मन भएका बुहारीको तथ्यांक संकलनको लागि शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । वडा कार्यालयसँगको समन्वयमा मंसिर मसान्तभित्र पढ्न इच्छुक बुहारीको तथ्यांक संकलन गरेर ल्याउने जिम्मेवारी दिइएको छ ।

सात वडा रहेको गाउँपालिकाले बुहारीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । बिहेपछि पनि पढ्न इच्छुक बुहारीले कम्तीमा कक्षा ८ उत्तिर्ण गरेको हुनुपर्ने छ । त्यस्ता इच्छुक बुहारीलाई कक्षा १२ सम्म भर्नादेखि पुस्तक, पोशाक, स्टेशनरी लगायतमा गाउँपालिकाको सहयोग रहने अध्यक्ष राईले बताउनुभयो ।

बुहारी शिक्षा कार्यक्रमले बुहारीलाई पढ्नका लागि उत्प्रेरित गर्ने र महिलाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष राईकाे भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया