विदेशी मुद्रा सञ्चिति बढ्दै, ८ महिनाभन्दा धेरैलाई वस्तु आयात गर्न पुग्ने

 कात्तिक ३०, २०७९ बुधबार १५:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा विदेशी मुद्राकाे सञ्चिति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म नेपालमा नौ अर्ब ४८ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ ।

भदौदेखि असोजको बीचमा नेपालमा विदेशी मुद्राको सञ्चिति १३ करोड अमेरिकी डलरले बढेको हो । याे गएकाे वर्षको तीन महिनाको चुलनामा यो झन्डै साढे चार प्रतिशतले धेरै हो । 

यो रकमले नेपालमा आठ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया