पोहोर ८८ अर्बले घाटामा रहेको शोधानान्तर स्थिति अहिले १२ अर्ब रुपैयाँ नाफामा, वैदेशिक लगानी घट्यो

 कात्तिक ३०, २०७९ बुधबार १५:३२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा नेपालको चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको तीन महिनामा चालु खाता एक खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको तीन महिनामा एक अर्ब २६ करोडले घाटामा रहेको चालु खाता यो वर्षको तीन महिनामा २७ करोडले घाटामा रहेको छ । तीन महिनामा पुँजीगत ट्रान्सफर ३४ दशमलव आठ प्रतिशतले वृद्धि भइ दुई अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ करोड रुपैयाँ प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको तीन महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब सात करोड रुपैयाँ रहेको थियो ।

यस्तै तीन महिनामा शोधानान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको तीन महिनामा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति यो वर्ष नाै करोड १८ लाखले बचतमा रहेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया