३ महिनामा २ खर्ब ८१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, १ लाख ४७ हजार जनाले श्रम स्वीकृति लिए

 कात्तिक ३०, २०७९ बुधबार १५:५२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षकाे तीन महिनाको अवधिमा रेमिट्यान्स १६ दशमलव आठ प्रतिशतले वृद्धि भइ दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार रेमिट्यान्स बढेकाे हाे । 

अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स सात दशमलव एक प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स सात दशमलव नाै प्रतिशतले वृद्धि भइ दुई अर्ब १९ करोड पुगेको छ ।

यस्तै चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक सय २३ दशमलव एक प्रतिशतले वृद्धि भइ एक लाख ४७ हजार नाै सय ३२ जना पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६६ प्रतिशतले वृद्धि भइ ५७ हजार आठ सय ६१ जना पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया