शेयर बजार १३ अङ्कले बढ्यो, काराेबार रकम भने घट्याे

 कात्तिक ३०, २०७९ बुधबार १६:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो मङ्गलवार साढे छ अङ्कले घटेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ४० विन्दुले बढेर एक हजार नौ सय ११ दशमलव २६ विन्दुमा पुगेको छ ।

बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ३२ वटा कम्पनीकाे २४ लाख ९५ हजार कित्ता शेयर ८५ करोड ९४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको छ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सिकलेस हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले र गणपति लघुवित्तको शेयर झन्डै आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि जनउत्थान लघुवित्तको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया