पश्चिमी वायु बाहिरिँदै : पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

 मंसिर १, २०७९ बिहीबार ७:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

प्रदेश-१, बाग्मती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार यी क्षेत्रमा दिउँसो घाम लागे  पनि मधुरो मात्रै लाग्ने छ । पारिलो घाम लाग्ने छैन ।

यस्तै, यी प्रदेशका हिमाली जिल्लामा हल्का हिमपात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको पनि अनुमान छ । पश्चिमी वायु बाहिरिने क्रम सुरु भएसँगै पूर्व क्षेत्रको मौसममा असर परेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार भोलि भने देशका धेरै ठाउँको मौसम सामान्यतया  सफा नै रहने छ । यस्तै, भोट हाल्ने दिन आउँदो आइतवार पनि सामान्यतया मौसम सफा नै रहने अनुमान छ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया