राहुल गान्धीकाे कार्यक्रममा नेपालकाे राष्ट्रिय गान बजेपछि... (भिडियाेसहित)

 मंसिर १, २०७९ बिहिबार १६:३६:१८ | एजेन्सी
unn.prixa.net

अहिले सामाजिक सञ्जालमा भारतीय कांग्रेस पार्टीकाे 'भारत जाेडाे' यात्राकाे एक क्लिप भाइरल भइरहेकाे छ । क्लिपमा कांग्रेस पार्टीका नेता राहुल गान्धीले राष्ट्रिय गान बजाउनका लागि भन्नुहुन्छ तर त्यही समयमा नेपालकाे राष्ट्रिय गान बज्न थाल्छ । यही विषयलाई लिएर अहिले गान्धीलाई सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी) का नेताहरूले आलोचना गरिरहेका छन् ।

याे घटना हिजाे बुधवारकाे हाे । भिडियाेमा राहुल गान्धीले माइकमा बाेल्दै राष्ट्रिय गान बजाउन अनुराेध गरेकाे देख्न सकिन्छ । त्यसपछि मञ्चमा रहेका पार्टीका नेता उभिन्छन् । त्यति नै बेला भारतकाे राष्ट्रिय गानकाे साटाे नेपालकाे राष्ट्रिय गान बज्न थाल्छ । 

मञ्चमा रहेका मानिसले केही सेकेन्डपछि मात्रै आफ्नाे राष्ट्रिय गान बज्नुपर्नेमा नेपालकाे राष्ट्रिय गान बजेकाे थाहा पाउँछन् । त्यसकाे केही समयपछि भने राष्ट्रिय गान बज्न थाल्छ । 
 

यस भिडियाेलाई लिएर बीजेपीका आन्ध्र प्रदेश इकाका सचिव रमेश नायडूले ट्वीट गर्दै भन्नुभएकाे छ, ‘डियर राहुल गान्धी, तपाईंकाे कांग्रेस पार्टीलाई हाम्राे देशकाे राष्ट्रिय गान के हाे भन्ने पनि थाहा नभएकाे लाग्याे ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया