रुसी आक्रमणका कारण एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित

 मंसिर २, २०७९ शुक्रबार १०:४०:५४ | एजेन्सी
unn.prixa.net

रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित हुन पुगेको बताउनुभएको छ ।

बिजुली आपूर्ति व्यवस्था सामान्य बनाउन हरेक प्रयास गरिरहेको उहाँको भनाइ छ । जापोरिजाको दक्षिण पश्चिमतर्फ पर्ने नीकोपोल सहर क्षेत्रमा हजारौँ घरमा पानी र बिजुली आपूर्ति बन्द छ । रुसले युक्रेनमाथि गएराति पनि क्षेप्यास्त्र प्रहार गरेको छ ।

आक्रमणको निशानामा भवन र ऊर्जा केन्द्रहरू परेका छन् । युक्रेनी राष्ट्रपतिका अनुसार दक्षिणी सहर जापोरिजा नजिकै रहेको अपार्टमेन्टको एक भागमा क्षेप्यास्त्र प्रहार हुँदा सात जना मारिएका छन् । २३ जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । एकपछि अर्को आक्रमण हुन थालेपछि युक्रेनीहरूलाई हवाई सुरक्षा सतर्कताको चेतावनी दिइएको छ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया