इक्वेडरको एक कारागारमा झडप, १० जना कैदीबन्दीको ज्यान गयो

 मंसिर ३, २०७९ शनिबार १२:३४:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको ज्यान गएको छ ।

कारागारमा रहेका केही कैदीबन्दीलाई अन्यत्र सार्ने विषयमा विवाद भएपछि घटना भएको सुरक्षा अधिकारीलाई उद्धृत गरी अलजजिराले जनाएको छ । इक्वेडरमा बर्सेनि यस्ता घटना हुने गरेका छन् ।

गएको वर्ष विभिन्न कारागारमा झडप हुँदा ४ सय जना कैदीबन्दीले ज्यान गुमाएका थिए । कारागारमा रहेका कैदीबन्दीको सुरक्षा निक्कै चुनौतीपूर्ण विषय बन्दै गएको सरकारी प्रतिवेदनमा समेत औँल्याइएको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया