जिल्ला कारागार धनकुटामा मतदान कार्य सम्पन्न

 मंसिर ४, २०७९ आइतबार १२:२१:३७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - जिल्ला कारागार धनकुटाको अस्थायी मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान सम्पन्न भइसकेको मतदान अधिकृत शिवकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभाको लागि अहिले सञ्चालन भइरहेको चुनावमा कागागारबाट ४० जना मतदाता र २ जना कर्मचारीले प्रतिनिधि सभातर्फ समानुपातिकमा मतदान गरेका छन् । जिल्ला कारागारमा रहेका कुल ८७ कैदीबन्दी मध्ये ४२ जना मतदाता भए पनि एक जना केही समय अगाडि छुटेका थिए भने एक जनाको ज्यान  गएको मतदान अधिकृत श्रेष्ठले बताउनुभयो ।

कारागारका ४० मतदाता र त्यहाँ खटिएका २ जना कर्मचारीसहित ४२ जनाले मतदान गरेका छन् । मतदान कार्य सम्पन्न भइसके पनि निर्वाचन आयोगले तोकेको समय अनुसार बेलुका ५ बजेसम्म मतदान केन्द्र खुल्ला रहने मतदान अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

धनकुटामा १ सय १९ वटा मतदान स्थल र दुई अस्थायीसहित १ सय ६४ वटा मतदान केन्द्र रहेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया