कोप २७ मा जलवायु क्षतिमा आधारित महत्त्वपूर्ण सम्झौता

 मंसिर ४, २०७९ आइतबार १४:४५:५५ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७ औँ सत्र 'कोप २७' मा सहभागी झन्डै दुई सय देशले जलवायु परिवर्तनको नकारात्मक परिणामबाट सबैभन्दा धेरै क्षति बेहोरेका देशहरूलाई रकम उपलब्ध गराउन एउटा कोष स्थापना गर्न सहमति जनाएका छन् ।

इजिप्टमा भइरहेको सम्मेलनमा हिजाे शनिवार राति भएको छलफलमा सहमति जुटेको बीबीसीले जनाएको छ । नोक्सानी तथा क्षतिको मुख्य मुद्दामा आधारित रहेर सहमति गरिएको हो । धेरै देशहरूले वर्षाैँदेखि त्यस्तो सम्झौताको माग गर्दै आएका थिए ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरशले यस सम्झौतालाई अति आवश्यक राजनीतिक सङ्केत रहेको बताउनुभएको छ । तर यो सम्झौता पर्याप्त नभएको उहाँले बताउनुभएको छ ।  

आजै कोप –२७ समापनको घोषणा हुनेछ । कोप–२७ अध्यक्ष इजिप्टका राष्ट्रपतिले अर्को सम्मेलन आयोजना गर्ने मुलुक संयुक्त अरब इमिरेट्सलाई अध्यक्षता हन्तान्तरण गर्नुहुनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया