कास्कीमा ४२ प्रतिशत मत खस्यो

 मंसिर ४, २०७९ आइतबार १४:१:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – आज आइतवार भइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत कास्कीमा दिउँसो १ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।

कास्कीमा मतदाता उत्साहजनकरूपमा मतदानमा सहभागी भएकाले दिउँसाे १ बजेसम्म ४२ प्रतिशत मत खसेकाे गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिनुभयाे ।  

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा एक सय ५० मतदान स्थलमा तीन सय ४४ वटा मतदान केन्द्र छन् । कास्कीमा दुई लाख ९१ हजार पाँच सय ६८ जना मतदाता रहेका छन् । 

यसैबीच कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ काे तालबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान फेरि पुनः सुरु हुने भएको छ । एक मतदाताले मतपेटिका फुटाएपछि मतदान रोकिएकाेमा सर्वदलीय छलफलपछि फेरि मतदान सुरु हुन लागेकाे हो । 

नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर विकले मत खसालेपछि नेकपा बहुमत जिन्दावादको नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया