धनकुटामा ६० प्रतिशत मत खस्यो, आज रातिदेखि नै मतगणना सुरु गर्ने तयारी

 मंसिर ४, २०७९ आइतबार १८:२४:४१ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत धनकुटामा ६० प्रतिशत मत खसेको छ ।

आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएकाे मतदानमा ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयाे । मतदानमा मतदाताकाे उत्साहजनकरूपमा सहभागिता रहेकाे उहाँले बताउनुभयाे । 

एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको धनकुटामा मतदाताको सङ्ख्या एक लाख १६ हजार नाै सय ९१ रहेको छ । यहाँ एक सय १९ वटा मतदान स्थल र अस्थायी दुईसहित एक सय ६४ वटा मतदान केन्द्र रहेका थिए ।

यसैबीच सबै मतपेटिका राति १२ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालय सामुदायिक भवनमा सङ्कलन गरेर सर्वदलीय बैठक बसी रातिदेखि नै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया