दाङ-३ मा मत गणना सुरु

 मंसिर ५, २०७९ सोमबार १२:२४:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ  - दाङको क्षेत्र नम्बर ३ मा केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । तुलसीपुर भू-संरक्षणको कार्यालयमा गणना सुरु गरिएको छ । 

हिजाे भएकाे  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावमा दाङ क्षेत्र न ३ मा ९० हजार ५ सय ३० मत खसेको थियो ।

४९ हजार ८ सय ४६ महिला र ४० हजार ६ सय ८४ जना पुरुषले मतदान गरेका थिए ।

यो निर्वाचन क्षेत्रमा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ६१ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

यस्तै क्षेत्र नम्बर १ मा दिउँसो १ बजेदेखि मतगणा सुरु गर्न दलहरु सहमत भएका छन् भने क्षेत्र नम्बर २ मा केहीबेरमै गणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया