५ दिनपछि खुलेकाे शेयर बजार ७ अङ्कले घट्याे

 मंसिर ६, २०७९ मंगलबार १७:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नियमित बिदा र चुनावी बिदाका कारण पाँच दिनपछि आज मङ्गलवार खुलेको शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव १३ अङ्कले घटेर १ हजार ९ सय २९ दशमलव ७० विन्दुमा झरेको छ । 

आज २ सय २८ वटा कम्पनीकाे ३७ लाख ६३ हजार कित्ता शेयर १ अर्ब ३५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १२ करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज युनिलिभर नेपालको शेयर साढे ५ प्रतिशत र सिकलेस हाइड्रोको शेयर साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जानकी फाइनान्सको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया