इण्डोनेशिया भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या २ सय ६८ पुग्यो, १ सय ५१ जना बेपत्ता

 मंसिर ६, २०७९ मंगलबार १७:४३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई सय ६८ जना पुगेको छ । एक सय ५१ जना अझै हराइरहेका छन् ।

राजधानी जकार्ताबाट झण्डै ७५ किलोमिटर दक्षिणपूर्वमा रहेको सियानजुर सहर नजिक केन्द्र बिन्दु बनाएर हिजो ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी एक हजार भन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ ।

केही घाइतेको उपचारको क्रममा ज्यान गएको हो । भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् । भूकम्पमा अझै केही फसेको हुन सक्ने बताइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

भूकम्पपछि २२ हजार घरमा क्षति पुगेको र कम्तीमा ५८ हजार मानिस विस्थापित भएका इन्डोनेसिया सरकारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया