एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ - १० वटा निर्वाचन क्षेत्र रहेको काठमाण्डौमा राष्ट्रिय स्वतन्त्र पार्टीले तीन क्षेत्रमा विजयी हासिल गरिसकेको छ । मतगणना भइरहेको क्षेत्र नम्बर ६ मा पनि स्वतन्त्र पार्टीकै अग्रता छ । यसको पनि नतिजा आउँदा काठमाण्डौमा स्वतन्त्र पार्टीको सिट संख्या ४ पुग्नेछ ।
एमालेले एउटा क्षेत्रमा मात्रै चित्त बुझाएको छ भने कांग्रेसले पहिलेको भन्दा केही सुधार गरेर सिट संख्या ६ पुर्याएको छ । अहिले गणना भैरहेको काठमाण्डौ–६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल ११ हजार ६ सय ३८ मतका साथ अगाडि हुनुहुन्छ । एमालेका सर्वेन्द्र खनालले ६ हजार ९ सय ६५ र कांग्रेसका भिनसेनदास प्रधानले ६ हजार ७ सय ३७ मतसहित स्वतन्त्र उम्मेदवारलाई पछ्याइरहनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाण्डौ–२ मा सोविता गौतम, काठमाण्डौ–७ मा गणेश पराजुली र काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । काठमाण्डौ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत पाउनुभयो ।
काठमाण्डौ–७ मा गणेश पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याउनुभयो । काठमाण्डौ क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी हुनुभएको छ ।
कांग्रेसबाट काठमाण्डौ–१ मा प्रकाशमान सिंह, काठमाण्डौ–३ मा सन्तोष चालिसे, काठमाण्डौ–४ मा गगनकुमार थापा, काठमाण्डौ–५ मा प्रदिप पौडेल र काठमाण्डौ–१० राजेन्द्र केसी विजयी हुनुभयो । काठमाण्डौ–१ मा राप्रपाका रविन्द्र मिश्र प्रकाशमान सिंहसँग झिनो अन्तरले पराजित हुनुभयो ।
यस्तै, क्षेत्र नम्बर–३ मा एमालेका कृष्णबहादुर राई कांग्रेसका चालिसेसँग पराजित हुनुभयो । काठमाण्डौ–४ मा गगन थापाले एमालेका राजन भट्टराई हराउनुभयो । क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेल कांग्रेसका प्रदीप पौडेलसँग पराजित हुनुभयो ।
काठमाण्डौ १० मा कांग्रेसका राजेन्द्र केसीले एमालेका हिमेश केसीलाई हराउनुभयो । काठमाण्डौ–९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमालेले काठमाण्डौमा यही एउटा सिटमा चित्त बुझाउनु पर्ने भएको छ ।
एमालेले २०७४ सालमा काठमाण्डौका ६ वटा क्षेत्रमा जितेको थियो । यसपालि काठमाण्डौमा एमाले एक क्षेत्रमा झरेको छ । २०७४ मा चारवटा क्षेत्र जितेको कांग्रेसले दुई सिट थपेको छ । माओवादीका उम्मेदवारले भने काठमाण्डौमा दोस्रो स्थान पनि हासिल गर्न सकेनन् ।
काठमाण्डौमा माओवादीबाट पाँचजना उम्मेदवार थिए । क्षेत्र नम्बर २ बाट ओनसरी घर्ती, क्षेत्र नम्बर ९ बाट कल्पना धमला, क्षेत्र नम्बर ७ बाट मानुषी यमी भट्टराई, क्षेत्र नम्बर १० बाट अन्जना विशंखे र क्षेत्र नम्बर ३ बाट बद्रि बजगाईँ आआफ्ना प्रतिस्पर्धीभन्दा निकै कम मतमा चित्त बुझाउन बाध्य भएका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।