एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – प्रतिनिधि सभा चुनावको मतगणना भइरहँदा अबको संसद् र सरकार कस्तो हुन्छ भन्ने चर्चा हुन थालेको छ । सरकार कसको नेतृत्वमा कसरी गठन हुन्छ भन्ने प्रष्ट भइनसके पनि संसदमा केही चर्चित अनुहारले प्रवेश पाउने देखिएको छ । नयाँ पार्टी गठन गरेर राजनीतिमा उदाएका र पहिलो पटक चुनावमा प्रतिस्पर्धा गरेका केही चर्चित उम्मेदवारले जित हासिल गरिसकेका छन् भने अरू केही पनि जितको नजिक छन् । अहिलेसम्मको मत परिणामले रवि लामिछाने, सीके राउत, ज्ञानेन्द्र शाही लगायतका नयाँ र चर्चित उम्मेदवार विजयी हुने सम्भावना बढ्दै गएको छ ।
पाँच महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा लागेका रवि लामिछानेको चर्चा अहिले सबैभन्दा बढी छ । प्रारम्भिक मत परिणामअनुसार प्रत्यक्ष र समानुपातिक दुवैतिर स्वतन्त्र पार्टीले तेस्रो स्थान हासिल गरिरहेको छ । प्रत्यक्षमा तीन उम्मेदवार विजयी भएका छन् भने पाँच क्षेत्रमा अग्रता छ । यो पार्टीले समानुपातिकतर्फ एक लाख मत कटाइसकेको छ ।
चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछाने सुरुवाती गणनामा पछि रहे पनि अहिले भने फराकिलो मतान्तरसहित अगाडि हुनुहुन्छ । यो क्षेत्रबाट दुई पटक सांसद बनिसकेका एमालेका कृष्णभक्त पोखरेल र राज्यमन्त्री उमेश श्रेष्ठलाई उहाँले पछि पार्नुभएको छ ।
यस्तै पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले पनि चुनाव जित्ने सम्भावना बलियो छ । सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका उहाँले जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पार्नुभएको छ । पृथकतावादी आन्दोलन छाडेर राजनीतिमा लागेका राउत मधेस अभियन्ता र अध्ययनको हिसाबले इन्जिनियर समेत हुनुहुन्छ ।
यस्तै सामाजिक अभियन्ताको नामबाट सामाजिक सञ्जालमा छाइरहने ज्ञानेन्द्र शाही पनि राप्रपाको तर्फबाट सांसदमा निर्वाचित हुने निश्चितजस्तै छ । शाही गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ । भ्रष्टाचार विरोधी अभियन्ताको रूपमा चर्चित शाही गएको फागुनमा राप्रपामा प्रवेश गर्नुभएको थियो ।
यस्तै कैलालीबाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ पनि नयाँ अनुहारको रूपमा संसद् प्रवेश गर्ने सम्भावना बलियो छ । कैलाली १ बाट उम्मेदवारी दिनुभएकी श्रेष्ठ कांग्रेस उम्मेदवारभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ । सञ्चारकर्मीको परिचय बनाएकी रञ्जिता राजनीतिमा नयाँ अनुहार हुनुहुन्छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रेशम चौधरी टीकापुर घटनामा दोषी ठहर भएपछि जेल चलान भएपछि चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी गठन गर्नुभएको थियो । यही पार्टीबाट यो क्षेत्रमा रेशमकी श्रीमती रञ्जिता उम्मेदवार बन्नुभएको हो । कैलाली ३ मा नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी विजयी भइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।