कास्की–३ प्रदेश सभा '१' मा एमालेका गुरुङ विजयी

 मंसिर ७, २०७९ बुधबार १३:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव २०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा '१' मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी हुनुभएको छ । 

गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेश सभामा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले ९ हजार ६ सय ६२ मत ल्याउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले ३ हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले २ हजार ५ सय १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले ४ सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले १ सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्माले २ सय २७ मत ल्याउनुभएको छ । 

यस्तै, यस क्षेत्रमा प्रतिनिधि सभाको मत गणना भइरहेकाे छ । पछिल्लो गणनाअनुसार प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता लिनुभएकाे छ ।

 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया