एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । सत्ता गठबन्धनको समर्थनमा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका कर्णको जमानत जफत भएको हो ।
चौथो स्थानमा रहेका कर्णले १ हजार १ सय १७ मत प्राप्त गर्नुभयो । पर्सा १ मा जनता समाजवादी पार्टीका प्रदीप यादव २२ हजार ५ सय ३७ मतसहित विजयी बन्नुभएको छ । कांग्रेसले कर्णलाई समर्थन गरेपछि रुष्ट बनेर बागी उम्मेदवार दिएका नेपाली कांग्रेसका अजय द्विवेदीले २० हजार ९ सय १७ मत प्राप्त गर्नुभयो । प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार उम्मेदवारले जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । पर्सा क्षेत्र नम्बर १ मा ५१ हजार ३ सय ७९ मत खसेको थियो । बदर मत घटाउँदा पनि झन्डै ५ हजार मत ल्याउनुपर्नेमा कर्णको १ हजार १ सय १७ मतमात्रै आएको छ ।
सद्भावना परिषद्को सचिव भएर २०४० सालमा राजनीति सुरु गरेका कर्ण २०७४ सालको संसदीय चुनावमा पर्सा क्षेत्र नम्बर ४ बाट विजयी हुनुभएको थियो । पर्सा क्षेत्र नम्बर १ बाट २०४८ र २०५६ सालको चुनावमा पराजित हुनुभएका कर्ण २०६४ र २०७० सालको चुनावमा समानुपातिकतर्फबाट सभासद बन्नुभयो । माधव नेपाल नेतृत्वको सरकारमा १४ महिना विना विभागीय मन्त्री भएका कर्ण सद्भावना पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो । मधेसवादी दलको एकतासँगै राजपामा आबद्ध भएका नेता कर्ण अहिले भने लोसपामा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।