बर्दिया १ (क)मा कांग्रेसका भवनेश्रर थारु विजयी

 मंसिर ७, २०७९ बुधबार १८:५३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दिया क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार भुवनेश्रर थारु विजयी हुनुभएको छ ।

थारु १६ हजार ४ सय ७५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार सालिकराम अधिकारीले १६ हजार ३ सय ८४ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार थारु ९१ मतको अन्तरले विजयी हुन सफल हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ । यो निर्वाचन क्षेत्रमा ८१ हजार ९ सय १९ मतदाता रहेकोमा ५० हजार आठ सय ६५ मत खसेको थियो भने २  हजार २ सय मत बदर भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया