शेयर बजार आज पनि घट्याे

 मंसिर ७, २०७९ बुधबार १९:४१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  शेयर बजार लगातार दोस्रो दिन आज बुधवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ७२ अङ्कले घटेर १ हजार ९ सय २१ दशमलव ९९ विन्दुमा झरेको छ । 

आज दुई सय २३ वटा कम्पनीकाे २८ लाख ३९ हजार कित्ता शेयर १ अर्ब २ करोड २२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको १२ करोड ७७ लाख र हिमालय डिस्टिलरीको ११ करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज स्टान्डर्ड चार्टड बैंकको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सिभिल बैंक र घलेम्दी हाइड्रोको शेयर भने १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया