दाङ प्रदेश सभा ३ (क) मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित

 मंसिर ८, २०७९ बिहिबार ९:४:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङ प्रदेश सभा ३ (क) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी निर्वाचित हुनुभएकाे छ ।

४० हजार ७ सय ८९ मत खसेकोमा लुम्बिनी प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रीसमेत रहेका चाैधरीले १९ हजार ८ सय ५० मत प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत प्राप्त गर्नु भएकाे हाे ।

कांग्रेसका मन्त्री चौधरीले एमालेका पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पराजित गर्नुभएकाे हाे।

अन्तिम अपडेट: चैत १२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया