एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
पर्सा - पर्सा ३ मा साह्रै पेचिलो बनेको प्रतिनिधि सभा सदस्यतर्फको चुनावमा अन्ततः नेकपा एमालेका राजकुमार गुप्ता विजयी हुनुभएको छ। उहाँ नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीभन्दा १ सय ५१ मत अन्तरले विजयी हुनुभएको हो ।
गणना गर्न थालेदेखि नै एक/डेढ सयको मात्र अन्तरमा कहिले चौधरी अगाडि त कहिले गुप्ता अगाडि हुँदै अन्ततः गुप्ता नै विजयी हुनुभएको हो।
गुप्ता र चौधरीले २०/२० हजार मत कटाएपछि कहिले को पछाडि त कहिले को अगाडि हुँदै अन्तिममा गुप्ताले २४ हजार २ सय ६० मत ल्याएर जित्नुभएकाे हाे । कांग्रेसका चौधरीले २४ हजार १ सय ९ मत ल्याउनु भयाे । एमाले र जसपाका साझा उम्मेदवार गुप्ता दोस्रो पटक सांसद बन्नु भएको हो । उहाँ २०६४ को चुनावमा निर्वाचित भइ संविधान सभा सदस्य पनि हुनुभएको थियो।
एमालेले पालिका चुनावमा ५ ठाउँमा जितेकाे थियाे । तर प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा यसपालि पर्सामा एमालेबाट विजयी हुनेमा गुप्ता 'फस्ट एण्ड लास्ट' हुनुभएकाे छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरी जम्मा १२ सिट रहेकाे पर्सामा एक सिट एमालेले जितेकाे छ । बाँकी ११ सिट अन्य राजनीतिक दलले जितेका छन् ।
पर्सा २ मा कांग्रेसका चौरसिया विजयी
पर्साको क्षेत्र नम्बर २ को पनि प्रत्यक्षतर्फको मत गणना सकिएको छ । पर्साको क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका अजय कुमार चौरसिया विजयी हुनुभएको हो। उहाँ एमाले र जसपाका साझा उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीभन्दा ६ हजार १६ मत बढी ल्याइ विजयी हुनुभएको हो ।
चौरसियाले कुल २८ हजार ४ सय ५१ मत प्राप्त गर्नु भएको छ। उहाँका निकटतम् प्रतिस्पर्धी जसपाका कुर्मीले २२ हजार ४ सय ४५ मत मात्र ल्याउनु भएको पर्साको क्षेत्र नम्बर २ का चुनाव अधिकृत सुशील देवकोटाले बताउनु भयो।
पर्साको यो परिणामसहित प्रत्यक्षतर्फको प्रतिनिधि सभा र प्रदेशतर्फको सबै मत गणना सकिएको छ । प्राप्त नतिजा अनुसार पर्साको क्षेत्र नम्बर १ मा जसपाका प्रदीप यादव, २ मा कांग्रेसका अजय कुमार चौरसिया, ३ मा एमालेका राजकुमार गुप्ता र क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ।
प्रदेशमा को-को भए विजयी
प्रदेश सभा सदस्यतर्फ भने पर्साका ८ सिटमध्ये ३ सिटमा कांग्रेस, २ सिटमा जसपा, अरु १/१ सिटमा लोसपा, माओवादी र स्वतन्त्र उम्मेदवारले आफ्नो स्थान पक्का गरेका छन् । एमालेले भने प्रदेश सभातर्फ खाता खोल्न सकेन ।
प्रदेश सभातर्फ निर्वाचित हुनेहरुमा पर्साको १ को १ र २ मा माओवादीका रहबर अंसारी र जसपा उपाध्यक्ष समेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, २ को १ र २ मा कांग्रेसका श्याम पटेल र रमेश कुर्मी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी ३ को १ र २ मा पनि क्रमशः स्वतन्त्रका प्रमोद जैसवाल र नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री निर्वाचित हुनुभएको छ। पर्सा ४ को १ र २ मा पनि नेपाली कांग्रेसका शंकर चौधरी र जसपाका शिंहासन शाह कलवार निर्वाचित हुनभएको छ । उहाँहरु दुवै जना दोस्रो पटक प्रदेश सभामा दोहोर्याउने सभासद पनि बन्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।