एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ७५ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त पछिल्लो नतिजा अनुसार कांग्रेस २८, एमाले १६, माओवादी केन्द्र ८, एकीकृत समाजवादी ७ र राष्ट्रिय स्वतन्त्र पार्टी ६ ठाउँमा विजयी भएका छन् ।
यस्तै, राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा समान दुई ठाउँमा विजयी भएका छन् । जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा प्रमुख पाँच दलका नै शीर्ष नेताहरु नै विजयी भएका छन् । डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । देउवा २५ हजार ५३४ मतका साथ विजयी हुँदा उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । देउवा र ढकालबीच १२ हजार ४ सय ९२ मतान्तर छ।
झापाको क्षेत्र नम्बर–५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजारभन्दा धेरै मतसहित विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ मतले हराउनुभयो। ओलीले ५२ हजार ३ सय १९ र कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याउनुभयो । संसदीय चुनावमा ओलीको यो छटौँ जित हो ।
गोरखाको निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी हुनुभएको छ । उहाँले २६ हजार १ सय ३ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत पाउनुभएको छ । प्रचण्डको १३ हजार ४ सय ६७ को मतान्तर छ।
एमालेका अब्दुस मियाँले ७ हजार ३ सय ९२ मत ल्याउनु भएको छ । गोरखा–२ मा ५४ हजार ५३ मत खसेको थियो । चुनावअघि प्रचण्ड सर्वाधिक मतान्तरले विजयी हुने चर्चा समेत सुनिएको थियो । तर त्यसो हुन सकेन ।
रौतहट क्षेत्र नम्बर–१ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएको छ । उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाउनुभयो । उहाँहरुबीच ६ हजार ६ सय मतान्तर रहेको छ ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी हुनुभएको छ । चुनावको केही महिना अगाडि मात्रै गठन भएको स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याउनुभएको छ । लामिछाने ३४ हजार १ सय ७० मतान्तरसहित विजयी बन्नुभएको छ । यो मतान्तर अहिलेसम्म आएका नतिजामध्येकै सर्वाधिक हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।