शेयर बजार साढे ११ अङ्कले बढ्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

 मंसिर ८, २०७९ बिहिबार १५:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो बुधवार र अस्ति मङ्गलवार घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५६ अङ्कले बढेर १ हजार ९ सय ३३ दशमलव ५५ विन्दुमा पुगेको छ ।

बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो १ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ३२ वटा कम्पनीकाे शेयर ९२ करोड ५१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै साइन रेसुंगा विकास बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर झन्डै ७ प्रतिशत र आरएमडीसी लघुवित्तको शेयर ६ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि किसान लघुवित्तको शेयर झन्डै ३ प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया