माेरङ ५ मा स्वतन्त्र उम्मेदवार मण्डल ४३ सय मतान्तरसहित विजयी

 मंसिर ८, २०७९ बिहिबार १८:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माेरङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार याेगेन्द्र मण्डल विजयी हुनुभएकाे छ । 

माेरङ ५ मा स्वतन्त्र उम्मेदवार मण्डल ४ हजार ३ सय ३४ मतान्तरसहित विजयी हुनुभएकाे हाे । उहाँले २१ हजार ८ सय २० मत प्राप्त गर्नुभयाे । उहाँकाे प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवकुमार मंडल (केवट) ले १७ हजार ४ सय ८६ मत ल्याउनुभयाे । 

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपाल का राजकुमार यादवले १७ हजार ३ सय ९० मत प्राप्त गर्नुभएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया