डोल्पामा नेकपा एसका धनबहादुर बुढा विजयी

 मंसिर ८, २०७९ बिहिबार २१:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

डाेल्पा – डाेल्पाकाे प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा विजयी हुनुभएको छ । उहाँ ५ हजार ७ सय २७ मतान्तरसहित विजयी हुनुभएकाे हाे ।   

बुढाले ११ हजार दुई सय २५ मत ल्याउनुभएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार ४ सय ९८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राप्रपाका अंगद बुढाले ६ सय ६१ मत प्राप्त गर्नुभयाे । डोल्पामा २२ हजार ४ सय ४० मतदाता रहेकामा १६ हजार ८ सय १४ मत खसेको थियाे ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया