कपिलवस्तु १ मा एमालेका अधिकारी विजयी, माओवादीका खनाल १५ हजार मतान्तरले पराजित

 मंसिर ८, २०७९ बिहिबार २१:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कपिलवस्तुकाे प्रतिनिधि सभा क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी विजयी हुनुभएको छ । 

अधिकारीले प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणि खनाललाई १५ हजार ६ सय ९२ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो । 

अधिकारीले ३४ हजार ६ सय ७५ मत पाउँदा खनालले १८ हजार ९ सय ८३ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । 

यस्तै जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३ सय ९६ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारुले ६ हजार ७५ मत ल्याउनुभएको छ ।

चुनावमा पराजित खनाल माओवादी केन्द्रका सचिव हुनुहुन्छ । उहाँ २०७४ मा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

तस्बिर : खनालकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया