काभ्रे-२ 'ख' बाट प्रदेशसभा सदस्यमा कांग्रेसका वादे विजयी

 मंसिर ८, २०७९ शुक्रबार ४:२०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रेपलाञ्चाेक – काभ्रे क्षेत्र नं २ प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका कन्चनचन्द्र वादे विजयी हुनुभएकाे छ । उहाँले एमालेका कुमार थापालाई ४ हजार ७८ मतान्तरले हराउँदै विजयी हुनुभएकाे हाे ।

वादेले २६ हजार ३५ मत प्राप्त गर्नुभयाे भने उहाँका प्रतिद्वन्द्वी एमालेका कुमार थापाले २१ हजार ९६७ मत प्राप्त गर्नुभयाे । 

कांग्रेसका नेता राजदास वादेका भतिजा, बुवा गोपालदास वादे र आमा चिनिमाया वादेका कान्छा छोरा कन्चनचन्द्र वादेकाे जन्म २०२४ साल बैशाख ८ गते भएकाे हाे । १५ वर्षकै उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य हुनुभयाे । २०४४ सालमा नेपाल विद्यार्थी संघको कोषाध्यक्ष बनेका वादेले २०४७ सालमा नेविसंघको जिल्ला सभापति बनेर नेविसंघ काभ्रेलाई नेतृत्व प्रदान गर्नुभएकाे थियाे ।

उहाँ २०७० सालको संविधानसभा चुनावमा तत्कालीन नेकपा एमाले काभ्रेका अध्यक्ष हाल एमालेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटालाई पराजित गरेर संविधानसभा सदस्य निर्वाचित हुनुभएकाे थियाे । तर २०७४ सालमा प्रदेश सभा सदस्यमा बसुन्धरा हुमागाईसँग पराजित हुनुभयाे । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया