सिन्धुपाल्चाेक-२ : एमालेका तामाङसँग झण्डै १२ हजार मतान्तरसहित कांग्रेसका बस्नेत विजयी

 मंसिर ८, २०७९ शुक्रबार ५:२०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाे – सिन्धुपाल्चाेक-२ मा कांग्रेसका माेहनबहादुर बस्नेत विजयी हुनुभएकाे छ । ११ हजार ८७४ काे फराकिलाे मतान्तरसहित बस्नेत विजयी हुनुभएकाे हाे ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत प्राप्त गर्नुभयाे भने बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्नुभयाे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले २ हजार ८१९ मत प्राप्त गर्नुभयाे ।

यस क्षेत्रमा जम्मा १ लाख २९ हजार ५६४ मतदातामध्ये ७६ हजार ५६४ मत खसेकाे थियाे । जसमध्ये २ हजार ९८१ मत बदर भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया