कैलाली ५ (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी

 मंसिर ९, २०७९ शुक्रबार ९:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी हुनुभएको छ ।

देउवा ९ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गाप्रसाद जोशीले छ हजार तीन सय ५१ मत प्राप्त गर्नुभयो ।

विजयी देउवा प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुनुहुन्छ । प्रदेश सभामा खसेको २८ हजार चार सय ८३ मतमा एक हजार दुई सय ६९ मत बदर भएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया