रुपन्देही–२ मा विवादका कारण गणना रोकियो : एमालेका विष्णु र स्वतन्त्र पार्टीका गणेशबीच प्रतिस्पर्धा

 मंसिर ९, २०७९ शुक्रबार ९:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - रुपन्देही क्षेत्र नम्बर–२ को मतगणना विवादका कारण रोकिएको छ । गणनाको क्रममा मुचुल्कामा उठाएभन्दा ३४ मत बढी भेटिएपछि विवाद भएको हो ।

लुम्बिनी वाणिज्य क्याम्पसको एउटा केन्द्रमा ३४ मत धेरै भेटिएपछि गठबन्धन दलसहित स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेका थिए ।

विरोधपछि उनीहरु गणनामा सहभागी नभएपछि राति ३ बजेबाट मतगणना स्थगित भएको छ । छलफल गरेर मतगणनालाई सुरु गर्ने निर्वाचन अधिकृत उदवीर नेपालीले बताउनुभयो । यो क्षेत्रमा अझै ६ हजार मत गन्न बाँकी छ ।

पछिल्लो पटकको विवरण अनुसार एमालेका विष्णु पौडेलले २३ हजार ७९३ मत र स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ हजार ८८७ मत ल्याउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया