धनुषा ३ (ख) मा एमालेका दिपेन्द्रकुमार ठाकुर निर्वाचित

 मंसिर ९, २०७९ शुक्रबार १२:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) बाट नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्रकुमार ठाकुर निर्वाचित हुनुभएकाे छ । ठाकुर आफ्ना निकटतम् प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै निर्वाचित हुनुभएकाे हाे ।

ठाकुरले ८ हजार २२० मत पाउनु भएकाे हाे भने साहले ६ हजार ८१७ मत प्राप्त गर्नु भएकाे हाे।

यसैगरी जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेस–लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्‍मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्‍याउनु भएकाे छ।

विजयी भएका ठाकुर चुनावका वेला नेकपा एमालेमा प्रवेश गर्नुभएकाे थियाे।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया