सिरहा–४ मा जसपाका महतो विजयी

 मंसिर ९, २०७९ शुक्रबार १२:४७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिरहा–४ बाट प्रतिनिधि सभा सदस्यमा जसपाबाट डा. वीरेन्द्रप्रसाद महतो विजयी हुनुभएको छ ।

उहाँले जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई ७ हजार ८ सय ८ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

महतोले २४ हजार १ सय २ मत प्राप्त गर्दा प्रतिस्पर्धी जनमत पार्टीका साहले १६ हजार २ सय ९४ मत प्राप्त गर्नुभयो । महतोलाई एमालेको समर्थन थियो । सत्ता गढबन्धनबाट उम्मेदवार एकीकृत समाजवादीका धर्मनाथ साहले १४ हजार ६५३ मत गर्नुभयो ।

सिरहा–४ मा विजयी महतो २०७० सालको दास्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो ।      
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया