चितवन ३ मा ९ हजारभन्दा धेरै मतान्तरसहित राप्रपाका विक्रम पाण्डेको अग्रता

 मंसिर ९, २०७९ शुक्रबार १६:४१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डेले ९ हजार १०९ मतान्तरसहित अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मतगणना अनुसार उहाँले ३१ हजार २६० मत पाउनुभएको छ । उहाँलाई माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २२ हजार १५१ मतसहित पछ्याइरहनुभएको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले १४ हजार ३७ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १० हजार ५१२ मत प्राप्त गर्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया