चितवन १ मा साढे ७ हजारभन्दा धेरै मत बदर

 मंसिर ९, २०७९ शुक्रबार १८:५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर १ मा साढे सात हजारभन्दा धेरै मत बदर भएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रत्येक्षतर्फ जम्मा खसेको मत मध्ये सात हजार ५७३ मत बदर भएको निर्वाचन अधिकृत रेशमलाल सिग्देलले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ ९५ हजार ४१, प्रदेश सभा (क) मा ४३ हजार ८३६ र प्रदेश सभा (ख) मा ५१ हजार १३२ मत खसेको थियो । प्रतिनिधि सभातर्फ ३ हजार ६२१, प्रदेश सभा (क) मा २ हजार ९ र प्रदेश सभा (ख) मा १ हजार ९४३ मत बदर भएको निर्वाचन अधिकृत सिग्देलले बताउनुभएको छ । 

यो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, प्रदेश सभा (क)मा एमालेका केन्द्रीय सदस्य जेएन थपलिया र प्रदेश सभा (ख) मा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल निर्वाचित हुनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया