करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा १ जनाकाे ज्यान गयाे

 मंसिर १०, २०७९ शनिबार १७:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – करेन्ट लगाएर माछा मार्ने क्रममा आज शनिवार दाङमा एक जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँको मलवारे कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा कैलालीको भजनी नगरपालिका ७ ढुसेका ४८ वर्षीय सुरेश डाँगीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दिउँसो साढे २ बजेतिर स्थानीय कुलोमा करेन्ट लगाइ माछा मार्ने क्रममा डाँगीको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । डाँगी तुलसीपुर १६ मा बस्दै आउनुभएको थियो ।

स्थानीय पेन्डु चौधरीको घरबाट करेन्टको तार लगेर मृतक डाँगीसहित तीन जना मल्वारे कुलोमा माछा मार्न गएका थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया