शेयर बजार साढे ३२ अंकले बढ्यो, २ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार

 मंसिर ११, २०७९ आइतबार १५:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार आज ३२ अंक भन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ४३ अंकले बढेर एक हजार नौ सय ६५ दशमलव ९८ विन्दुमा पुगेको छ ।

म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रो फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।  दुई सय ३३ वटा कम्पनीका ४२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४५ करोड र नविल बैंकको १२ करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको शेयर ८ प्रतिशत र जीवन विकास लघुवित्तको शेयर ७ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि सबभैन्दा धेरै एनएमबी हाइव्रिड फण्डको शेयर मूल्य घटेको छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया