काठमाण्डौमा चल्ने सफा टेम्पोमा क्यूआर कोड स्क्यान गरी भाडा तिर्न सकिने

 मंसिर ११, २०७९ आइतबार १६:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा चल्ने सफा टेम्पोमा अब क्यूआर कोड माफर्त भाडा तिर्न पाइने भएको छ ।

सिभिल बैंकले आफ्नो १२ औँ वार्षिक उत्सवको अवसरमा सफा टेम्पोको भाडा क्यूआर कोडमार्फत तिर्न सकिने सुविधा सुरु गरेको हो । नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीति अनुरूप बैंकले गो क्याशलेस अभियान लगाइरहेको छ ।

आज गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा ललितपुरको जावलाखेलमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अभियानको उद्घाटन गरेको छ । यसअघि बैंकले सफा टेम्पो चालकलाई क्युआर कोडका लागि फारम भर्न अनुरोध गरेको थियो । फारम भर्ने चालकलाई बैंकले शनिबार क्यूआर कोड स्ट्यान्डी, ज्याकेट र एटीएम कार्ड प्रदान गरेको हो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया