चुनावमा आफ्नो दल हारेपछि ताइवानकी राष्ट्रपतिद्वारा दलकाे अध्यक्ष पदबाट राजीनामा

 मंसिर ११, २०७९ आइतबार १८:४४:३२ | एजेन्सी
unn.prixa.net

स्थानीय चुनावमा आफ्नो दलले हार बेहोरेपछि ताइवानकी राष्ट्रपति साई इङ–वेनले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।

हिजो भएको स्थानीय चुनावमा ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी)ले विजय हासिल गरेपछि राष्ट्रपति इङ–वेनले डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)को अध्यक्ष पदबाट राजीनामा दिनुभएको बीबीसीले जनाइको छ ।

डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ । मतदान परिणामलाई चीनको बढ्दो दवाबको अवज्ञा गर्ने राष्ट्रपति वेनको प्रयासको असफलताका रूपमा हेरिएको छ ।

ताइवानको हक्का समुदायबाट निर्वाचित वेन ताइवानको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ । उहाँले हारको जिम्मेवारी आफूले नै लिएर पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएको बताउनुभयो । उहाँ राष्ट्रपति पदमा भने रहिरहनुहुनेछ ।    
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया