समानुपातिकतर्फ कम भोट आएपछि एकीकृत समाजवादी पार्टी राष्ट्रिय दल बन्ने सम्भावना कमजोर बन्दै

 मंसिर ११, २०७९ आइतबार २०:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रत्यक्षतर्फ १० वटा सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समानुपातिकतर्फ कम मत आउँदा राष्ट्रिय दल बन्न गाह्रो देखिएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त गर्नको लागि प्रत्यक्षतर्फको कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ पनि कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनु अनिवार्य छ ।

निर्वाचन आयोगले यो चुनावमा कुल ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ । उदाहरणको लागि एक करोड मत सदर भयो भने राष्ट्रिय दल बन्नको लागि एकीकृत समाजवादी पार्टीको ३ लाख मत आवश्यक पर्दछ । तर अहिलेसम्म आएको मत र मतवृद्धिको दरलाई हेर्दा एकीकृत समाजवादीले तीन लाख मत ल्याउने सम्भावना कम देखिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफ्नो दलले समानुपातिकमा तीन लाख मत कटाएर राष्ट्रिय दल बन्ने बलियो सम्भावना रहेको बताउँदै आउनुभएको छ । अहिलेसम्म ९० लाख मत गन्दा एकीकृत समाजवादी पार्टीले २ लाख ४१ हजार मत ल्याएको छ ।

समानुपातिकतर्फ एमालेले अग्रता कायमै राखेको छ । एमालेले २४ लाख ५९ हजार, नेपाली कांग्रेसले २३ लाख ४१ हजार, माओवादी केन्द्रले १० लाख २९ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख १३ हजार मत ल्याएका छन् । जसपा र राप्रपा पनि राष्ट्रिय दल बन्ने पक्का भएको छ । राप्रपाको ५ लाख ३३ हजार जसपाको ३ लाख ८ हजार मत आएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया