शेयर बजार साढे १५ अङ्कले घट्यो, १ अर्ब ४९ करोड रुपैयाँको कारोबार

 मंसिर १२, २०७९ सोमबार १५:२६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार साढे ३२ अङ्कले बढेको शेयर बजार आज साेमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय ५० दशमलव ३७ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि घटेको छ ।

आज दुई सय ३६ वटा कम्पनीकाे ३७ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ४३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सिनर्जी पावर कम्पनी र ओरियन्टल होटलको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि खप्तड लघुवित्तको शेयर आठ प्रतिशत तथा नेपाल आयल ल्युब लिमिडेट र गरिमा डिबेन्चर फन्ड २०८५ को शेयर छ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया