पाकिस्तानमा तालिबान समूहबाट युद्धविराम भङ्ग

 मंसिर १३, २०७९ मंगलबार १२:१९:४१ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको तालिबान समूहले गएको जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ ।

युद्धविराम भङ्ग गरेको तालिबान समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ ।

सरकारले सम्झौता पालना नगरेको तालिबानको आरोप रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरूविरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसका विरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको तालिबानले विज्ञप्तिमार्फत् जनाएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया